नेपालगञ्ज महोत्सवको तयारी अन्तिम चरणमा

नेपालगञ्ज । नेपालगञ्जमा माघ १० गते मंगलबारबाट संचालन हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म चल्ने प्रदेशस्तरीय महोत्सवको तयारी सोमबार सम्पन्न गरिसक्ने आयोजकले जनाएको हो ।

स्टलमा पर्दा, लाईटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य भोलि सोमबासम्म सम्पन्न गरिसक्ने आयोजकको मुल समितिले जनाएको हो । महोत्सवमा थारुहरुको कला संस्कृतिको प्रवद्धनका लागि थारु गाँउ समेत महोत्सव परिसर भित्रै संचालन हुने आयोजकले जनाएको हो ।महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि.को सहआयोजनामा माघ १० गते देखि २४ गते सम्म महोत्सव संचालन हुन लागेको हो ।

केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।महोत्सवलाई थप आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताउनुभयो ।

महोत्सवमा करिब २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइनेछ । महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका ३ सय स्टल रहनेछ ।

Previous articleनेपालगन्ज महोत्सवभित्र थारु गाउँ पनि हुने
Next articleचौरसिया समाजको आयोजनामा ४६ जनाद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here