
नेपालगञ्ज । नेपालगञ्जमा आइतबार एकदिने ‘फुड एण्ड फेयर’ आयोजना गरिएको छ ।
कशौधन वैश्य समाज, महिला मञ्च बाँकेद्वारा आयोजना भएको एकदिने ‘फुड एण्ड फेयर’ नेपालगञ्जको महेन्द्रपार्क नजिक कुन्नुराम, काशीराम धर्मशालामा संचालन भएको थियो ।
मेलामा एक भारतीय (नानपारा) को स्टलसहित दर्जन बढी स्टल राखिएको थियो । स्ट्लहरुमा अचारको बिभिन्न परिकारसंगै खाद्य पदर्थ तथा लत्ताकपडा, स्मार्ट वाच, हाते घडी, कास्मेटिक लगायतका सामाग्रीहरुको स्टल रहेको थियो ।
मेलालाई नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा नेपालगञ्ज वडा नं-११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार वैश्य, कशौधन वैश्य, महिला नेतृ रमा रानी वैश्य, बैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्य वैश्य, महिला मञ्चकी उपाध्यक्ष सरीता वैश्यको उपस्थिति रहेको थियो ।
महिला मञ्चकी अध्यक्ष सीता देवी वैश्यका अनुसार महिलाहरुमा रहेको अन्र्तनिहित क्षमता प्रसफुटन तथा बजारीकरण हुने वातावरण निर्माण गर्न उक दिने मेलाको आयोजना गरिएको हो । मेलाको उद्घाटन कार्यक्रमलाई मञ्चकी सचिव सोनाली वैश्यले संचालन गर्नुभएको थियो ।










