
नेपालगञ्ज । महोत्सवलाई भब्य बनाउन आयोजक समितिले बाँकेका बिभिन्न सरोकारवालाहरुसंग समन्वयात्मक छलफल गरेको छ । आइतबार बाँकेका बिभिन्न सरोकारवालाहरुसंग बैठक बसेर महोत्सवलाई भब्य बनाउन समन्यात्मक छलफल गरेको हो ।
नेपालगञ्जमा यही माघ १० गते मंगलबारबाट विधिवद रुपमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ संचालन हुन लागेको छ ।
महोत्सव मुल आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सहआयोजक सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लिको संयुक्त सहकार्यमा आइतबार नेपालगञ्जका बिभिन्न सरोकारवालाहरुबीच मेलामा सक्रिय सहभागिताका लागि छलफल गरिएको घरेलु महासंघका महासचिव जिआर भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार राजनितिक पार्टी, अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधिहरुबीच महोत्सवलाई भब्य बनाउन आवश्यक तयारी तथा समन्वय गरी सफल बनाउने बिषयमा छलफल तथा ध्यानाकर्षण गराइएको छ ।





