गैसस महासंघ अब आन्दोलनमा जान्छ : केन्द्रीय अध्यक्ष सुबेदी

नेपालगन्ज । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदीले देशमा गैससमैत्री वातावरण नभएको आरोप लगाउनुभएकाे छ ।

गैसस महासंघ नेपाल बाँके शाखाको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न बर्तमान अवस्थामा नागरिक समाजका सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुबेदीले सो आरोप लगाउनुभएकाे हाे ।

अध्यक्ष सुबेदीले अति पुराना गैर सरकारी संस्था ऐन, समाज कल्याण ऐन र राष्ट्रिय निर्देशन ऐन बमोजिम हाल सम्म गैससहरु नियमन भएको, ऐनहरु संसोधन गर्नेतर्फ सरकार अग्रसर नबनेको
बताउनुभयाे ।

उहाँले गैसस दर्ता ऐन बमोजिम मठ, मन्दिर, मस्जिद देखि व्यवसायिक समिति र सामाजिक संस्थाहरु दर्ता गर्दा सामाजिक संस्थाहरुको अस्तित्व र पहिचानमा समस्या सृजना भएको बताउनुभयाे ।

हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण भएता पनि परिवर्तन पश्चात सत्तामा पुगेका राजनीतिक दलहरुले नागरिक समाजलाई उपेक्षा गर्दै आएको सुबेदीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ´खोलो तर्यो, लौरो बिस्र्याे भनेझैं भएको छ ।`बिपदमा गैससहरुको जहिले आवश्यकता रहने तर अन्य कार्यमा गैससहरु उपेक्षित हुने, गैर नाफामुलक गैससहरुलाई नाफा कमाउने कम्पनि सरहको व्यवहार सरकारबाट हुँदै आएको छ ।,´ सुबेदीले भन्नुभयाे, `सरकारको बेवास्ताको शिकार अव हामी कहिले सम्म हुने ? तसर्थ अव गैसस महासंघ देशव्यापी आन्दोलनमा जान्छ, जब सम्म गैससमैत्री बातावरण बन्दैन तब सम्म हामी आन्दोलन गर्छाैं ।´

शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा गैसस महासंघ नेपाल बर्दियाका पूर्ब अध्यक्ष कृष्णजंग शाह, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दिपेन्द्र जोशी, थारु महिला बिकास केन्द्रकी अध्यक्ष ललित चौधरी, नारी बिकास केन्द्रकी रचना श्रेष्ठ, आईएचआरसिका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट लगायतले बोलेको कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, फियानका शुरेश गौतम, गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला सदस्य शंकर न्यौपानले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष नमस्कार शाहले समापन गर्नुभएको थियाे । कार्यक्रममा ५० बढि गैससकर्मीहरुको उपस्थिती रहेको थियो ।

Previous articleनेपालगञ्ज महोत्सवको तयारी पुरा, मन्त्री कृष्णा केसीले उद्घाटन गर्ने
Next articleसन्तानेश्वर जाने पर्यटकलाई स्वागत, नरैनापुरलाई पर्यटन हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here