सन्तानेश्वर जाने पर्यटकलाई स्वागत, नरैनापुरलाई पर्यटन हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

नरैनापुर । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।

सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।

सन्तानेश्वर महादेव मन्दिर जान लागेका तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव ब्रिजेन्द्र यादव, धिरज खड्का, नरहरिनाथ योगी लगायतले स्वागत गर्नुभएकाे थियाे ।तिर्थालुहरुसंग कुरा गर्दै अध्यक्ष शाहले नरैनापुर दुर्गमको नामबाट चिनिए पनि अब नरैनापुर सुगम बन्ने बताउदै नरैनापुरलाई पर्यटनको हबको बिकास गर्न तर्फ आफू लागि परेकोले आ-आफनो स्तरबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

नरैनापुर गाउँपालिका भित्रिएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गर्नुभएकाे थियाे । हिजो आईतबार लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्ण केसी (नमूना) सहित टोली पहाडको टापुमा रहेको मन्दिरको अवलोकन गरेर फर्किनु भएको थियो ।

Previous articleगैसस महासंघ अब आन्दोलनमा जान्छ : केन्द्रीय अध्यक्ष सुबेदी
Next articleबाजुरा केन्द्र भएर ५ रेक्टर स्केल बढीको भूकम्प, एक जनाको ज्यान गयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here