
नेपालगञ्ज । नेपालगञ्जमा जारी औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुति रहने भएको छ ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी महोत्सवको को तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।
आज सरस्वती पूजा पनि हो । बिद्यार्थीहरुको लागि महत्वपूर्ण दिनका रुपमा मनाईने सरस्वती पूजाका दिन महोत्सवमा विद्यार्थीहरुले अध्याधिक प्रवेश एवं अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजकले विद्यार्थीहरुका लागि विषेश छुटको व्यवस्था समेत गरेको छ ।
विद्यार्थीका लागि ५० रुपैँयाप्रति टिकट दर तोकिएको छ । विद्यार्थी लगायत आम दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनुहुने आयोजकले बिश्वास लिएको छ ।
दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । यसअघि महोत्सवको दोस्रो दिन चर्चित कलाकार गायक चन्द्र शर्मा र गायिका बिन्दु परियारले सुमधुर आवाजमा दर्शक समक्ष आर्कषक प्रस्तुति गरेका थिए । त्यसबेला दर्शकले मनोरञ्जन गर्दै कलाकारको आवाजमा रमाईरहेको दृश्य हेर्नसकिन्थ्यो । उहाँहरुको आफ्ना चर्चित गीत बाच्छीले धान खायो, पहिलो नम्बरमा, घरबारमा लगायतका प्रस्तुत गर्नुभएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव हुनेछ ।





