खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमूनाको निर्देशन

नेपालगञ्ज । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी ९नमुना०ले निर्देशन दिनुभएको छ ।

लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगञ्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण काम थाल्न उहाँले निर्देशन दिनुभएको हो ।

ठेकेदार बामदेव रेग्मीलाई फोन गरेर मन्त्री नमुनाले सडकका कारण सवारी साधन, यात्रु र स्थानीयले सास्ती पाएको भन्दै तत्काल फिल्डमा आएर काम थाल्न निर्देशन दिनुभयो ।

‘तपाईहरुलाई केही समस्या छ भने प्रदेश सरकार र म लगायत यहाँका माननीय ज्यूहरु बसेर हल गर्न तयार छौं’ उहाँले ठेकेदारलाई फोनमा भन्नुभयो, ‘तुरुन्त फिल्डमा आएर काम थाल्नुहोस् । अब धेरै दिन कुरेर बस्न सकिदैंन । सरकारी तहबाट हुने तपाईका केही समस्या छन् भने हामी समाधान गर्नेछौं ।’मन्त्री नमूनाले बुधबार राति नेपालगन्जबाट बर्दिया जाने क्रममा बाटोबाटै ठेकेदार रेग्मीलाई फोन गर्नुभएको हो । उहाँले शुक्रबार नेपालगञ्ज आएर भेट्न समेत निर्देशन दिनुभयो ।

‘अब सधैभरी जनतालाई सास्ती दिने भन्ने कुरा हुन्न’ उहाँले भन्नभयो, ‘अब जसरी भएपनि ठेकेदारले काम गर्नुपर्छ । अनेक समस्या देखाएर हुँदैन । केही समस्या छन् भने हामीलाई
भन्नुप¥यो ।’

शुक्रबार छलफल भएपछि केही समस्या भए आफुहरु समाधान गर्न तयार रहेको मन्त्री नमूनाले बताउनुभयो । मन्त्रीसँग ठेकेदार रेग्मीले तत्काल काम थाल्ने प्रतिवद्धता जनाएका छन् ।

Previous articleमहोत्सवमा आज चर्चित गायक टंक तिमिल्सिना लगायतको प्रस्तुति रहने
Next articleसहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here