
बाँके । राप्ती सोनारी गाउँपालिका वडा नं–६ र ७ को तीन वटा सामुदायिक भवनमा बृक्षारोपण गरिएको छ ।
जिल्लाको राप्ती सोनारी–७ को भगवती सामुदायिक वन, वार्ड नं–६ स्थित कुसुमिया सामुदायिक वन र सोही वार्डको सिद्धबाबा सामुदायिक वनमा मंगलबार बृक्षारोपाण गरिएको हो ।
बि ग्रुप बाँकेबाट ९०० वटा बिरुवाको सहयोगमा बृक्षारोपण गरिएको हरित अभियान्ता हेमन्तराज काफ्लेले जानकारी दिनुभयो ।
बिग्रुपका रामनिवास यादबले मोरिङ्गाको बिरुवा लगाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा फत्तेपुर प्रहरी कार्यालय र सब डिभिजन वन कार्यालय धामपुरका कर्मचारीहरुको पनि उपस्थिती थियो।
बृक्षरोपण कार्यमा सुवन नर्सरि नेपालगन्जको प्राबिधिक सहयोग र सहजीकरण रहेको थियो । सुबन नर्सरीका बुद्धि बल श्रेष्ठले मोरिङ्गाको फाईदाको बारेमा गाउँले हरुलाई सहजीकरण गर्नुभएको थियो ।
सामुदायिक वनहरुमा कागतीका ३ हजार ४ सय ५०, जामुनका ९ सय, गुलरका ९ सय बिरुवा रोपिने योजना समेत रहेको जनाइएको छ ।






