पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो

नेपालगञ्ज । लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

बाँके क्षेत्र नं ३ को क बाट निर्वाचित सांसद खत्री बिहिवार प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय शाह सहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न सकिने योजनाका विषयमा स्थानीय बासिन्दासँग छलफल गर्नुभयो । भवन डिभिजन कार्यालयले गाभरमा सडक निर्माण गर्दैछ ।सांसद खत्रीले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आफुले आवश्यक समन्वय गरि काम अघि बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले पर्यटकीय विकासका लागि पर्यटन कार्यालयसँग आवश्यक सहकार्य गरि अघि बढ्ने बताउनुभयो ।

वडा अध्यक्ष रुपबहादुर मल्ल सहितका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सांसद खत्रीले गाभरको पर्यटकीय विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

Previous articleसहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम
Next articleसंसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने: प्रवक्ता महत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here