तिवारी र खत्रीलाई संवादको सम्मान

नेपालगञ्ज । संवाद समूह बाँकेका सदस्यद्धय लक्ष्मी तिवारी र रत्न खत्रीलाई आज संवाद समूह बाँकेले स्वागत तथा सम्मान गरेको छ ।

खत्री बाँके क्षेत्र न-३ बाट प्रदेश सांसद र लक्ष्मी तिवारी बाँके क्षेत्र न-२ बाट (समानुपातिक) संघीय सांसद निर्वाचित भएपछि पहिलो पटक समूहले सदस्य द्धयलाई आफनो कार्यालयमा एक समारोहबीच अंगोछा र अविरसहित सम्मान गरेको हो ।

संवाद समूह बाँके सदस्य कृष्णा केसी पनि बाँके क्षेत्र न-१ बाट प्रदेश सांसदमा निर्वाचित हुनु भएको थियो । उहाँ हाल प्रदेश मन्त्री समेत रहनु भएको छ । कार्य व्यस्तताकारण उहाँ भने उपस्थित हुन सक्नु भएन ।सांसद खत्री र तिवारीलाई समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्की, सदस्य अस्मीता शाह लगायतले अँगोछा सहित स्वागत तथा सम्मान प्रकट गर्नु भएको थियो ।

जनसरोकारका गम्भिर र जटील सवालमा संवाद समूहले गरिरहेको संवाद सहजीकरणको प्रशंसा गर्दै द्धय सांसदले जनसरोकारका सवालमा आफुहरुले पनि सम्वन्धित ठाउँमा आवाज उठाउने र सम्वोधनको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनसरोकार, विवाद र द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल समूहले आधा दर्जन सवालमा अहिले पनि संवाद सहजीकरण गरिरहेको छ ।

Previous articleकोहलपुर नगरसभा: दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत
Next articleआयुर्वेद अस्पतालद्वारा स्वास्थ्य शिविर, चार सय जनाकाे परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here