आयुर्वेद अस्पतालद्वारा स्वास्थ्य शिविर, चार सय जनाकाे परीक्षण

नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा आम नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।अस्पताल परिसर नेपालगन्ज उप-महानगरपालिका वडा वडा नम्बर–१० आर्दश नगरमा भएको शिविरमा ४ सय ५० जनाले शिविरमा परिक्षणका लागि आफनो नाम दर्ता गराएका थिए । त्यसमा ३ सय २६ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।

बिहिबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा विशेष छुटमा ३ जना पाईल्स र १ जना फिस्टुलाको बिरामीको सफल रुपमा शल्यक्रिया समेत गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताउनुभयाे ।यसैगरी गौरव स्मृति र ‘बियोर्ससेल्फ फाउण्डेशन’ सँगको सहकार्यमा शिविरमा आखाँ परिक्षणको सेवा पनि उपलब्ध गराईएको थियो । शुक्रबार डा. मदन भण्डारी, डा. मनोज कुमार यादव, सहायक सन्जिव कुमार थारु र सम्झनाको टिमले पाइल्स र फिस्टुलाको शल्यक्रिया गरेको थियो ।

स्वास्थ्य शिविरमा परिक्षण गराउन आएका बिरामीलाई निशुल्क औषधी वितरण गर्दै ल्याब परिक्षण र शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको थियो । अस्पतालले शिविरमा उपचार गराएकाहरुको एक महिना पछि पुनः निःशुल्क रुपमा स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ ।

१५ शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमा नीजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । जसको उद्घाटन गत बिहिबार नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. प्रकाशसरण महतले गर्नुभएकाे थियाे ।दुई दिने शिविरमा आउने बिरामीको संख्याले नेपालगन्जमा आयुर्वेद अस्पतालको महत्वलाई देखाएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले बताउनुभयाे ।

अस्पतालले आगामी दिनमा पनि नियमित रुपमा ग्रामिण क्षेत्रमा गएर स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको वाल्मिकीले बताउनुभयाे । यसले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उहाँले बताउनुभयाे । नेपालगन्ज आयुर्वेद अस्पताल दक्ष जनशंक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो ।

Previous articleतिवारी र खत्रीलाई संवादको सम्मान
Next articleचर्चित कलाकार भुवन, सिर्जना र बसन्तकाे प्रस्तुतिले तात्याे महाेत्सव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here