
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित डान्सर रुबिना अधिकारी, आरुसी मगरसहित परिवारलाई सम्मान गरिएको छ ।
कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज बाँकेकी चेली एवं चर्चित डान्सर रुबिना अधिकारी, आरुसी मगर र उहाँहरुको आमा बुबालाई आयोजकले सम्मानित गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्का र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.का अध्यक्ष भक्त बहादुर थापाले महोत्सवको मञ्चमा उपस्थित हजारौं दर्शकमाझ उहाँहरुलाई खादा ओढाएर सम्मानित गरिएको प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै डान्सर रुबिना र आरुसीले नेपालगञ्जकै मञ्च हुदैँ आज यस ठाँउमा उभिन पाउनु आफ्नो परिवारको ठूलो हात रहेको बताउनुभयो । यस मञ्चसम्म पुर्याउने आमा बुवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।





