अमरज्योति माविको ३४ औँ वार्षिकोत्सव सम्पन्न

नरैनापुर । बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं-७ झगडियास्थित अमर ज्योति माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालयको प्रांगणमा बुधबार आयोजित ३४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राप्ती सोनारी गाँउपालिकाका अध्यक्षत तप्त पौडेलले हाल विद्यार्थी संख्याको अनुपातमा विद्यालयको भवनमा कक्षा कोठाको अभाव भएकोले ८ कोठे भवन निमाणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित आफुले विभिन्न दातृ संस्थााहरुसँग सहयोगको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले त्यसका लागि गाँउपालिकाले समेत सहयोग गर्ने बचन दिनुभयो । वार्षिकोत्सव समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले राप्ती सोनारीले विद्यालयको भवन निमार्णमा सहयोग नगरे नरैनापुरबाट सहयोग प्रतिबद्धता व्यक्त गर्दै नरैनापुरको सिमानामा रहेको बिद्यालयमा आफनो पालिकाका बालबालिका समेत अध्ययन गर्न आउने गरेकोले बिद्यालयलाई अझ उचाईमा पुर्याउन आफू साधै लागि पर्ने जिकिर गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार पाण्डेको अध्यक्षतामा भएको ३४ औं वार्षिकोत्सव समारोहमा विद्यालयकी शिक्षिका सावित्रि तिमिल्सेनाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । समारोहको संचालन शिक्षक अरुण कुमार यादव र अमित चौधरीले गर्नु भएको थियो ।

Previous articleप्रमुख जिल्ला अधिकारी आचार्यद्धारा नरैनापुरको सीमा क्षेत्रको अनुगमन
Next articleनेपालगञ्ज महोत्सवमा आज भोजपुरी सुपरस्टार खेसारी-२ को प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here