
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज भोजपुरी सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) को उपस्थिति रहने भएको छ ।
कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने गरेको छ ।
आज खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जायसवाल, गायक गौरब मिश्रा आउने भएका प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा अझै ६ दिनसम्म जारी रहनेछ ।





