सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता हो : मन्त्री केसी

कोहलपुर । लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) ले सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार सिमसार दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा सिमसारले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउँदै उहाँले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो ।

‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

मन्त्री केसीले सिमबार क्षेत्रको पुर्नस्थापनाको साथै यसको संरक्षण अहिलेको आवश्यकता रहेको दाबी गर्नुभयो । ‘सिमबार क्षेत्रको पुर्नस्थापना आजको प्रमुख आवश्यकता भएको छ’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा भएका सिमसार क्षेत्रहरुको संरक्षण
गर्नुपर्छ ।’

सिमसार क्षेत्रहरुको संरक्षण गर्नुपर्ने दायित्व सबैको रहेको मन्त्री केसीले दाबी गर्नुभयो । स्थानीय स्तरमा रहेका सिमसारहरुको संरक्षणको लागि स्थानीय नागरिकहरुलाई नै अग्रसर गराउनुपर्ने उहाँले बताउनुभयो ।

‘सिमसार क्षेत्रको महत्व स्थानीयलाई बुझाएर संरक्षणमा उहाँहरुलाई नै अग्रसर गराउनुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यसबाट स्थानीयलाई आय आर्जनका लागि राज्यले वातावरण गराउनुपर्छ ।’

Previous articleमहोत्सवमा भोजपुरी स्टार खेसारी-२ को धमाकेदार प्रस्तुति
Next articleमिडियामार्फत स्वास्थ्य प्रवर्द्धनमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here