महोत्सवमा शनिबार बाल गायक र हाँस्य कलाकारको प्रस्तुति रहने

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज शनिवार दर्शकलाई नचाउन र भरपुर मनोरञ्जन गराउन चर्चित गायक, गायिका, बाल गायक र हाँस्य कलाकार आउने भएका छन ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज चर्चित गायक रमेशराज भट्टराई, गायिका प्रिती आले, बाल गायक सुप्रिम मल्ल, डान्सर टिका जैसी, डान्सर अस्मिता कार्की, हाँस्य कलाकार भुवनेश्वर अधिकारीको बेजोड प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा स्थानीय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रहनेछ, भने कार्यक्रमको उद्घोषण कोष खड्का, उद्घोषिका प्रेरणा गिरीले गनुहुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा अझै ३ दिनसम्म चल्नेछ ।

महोत्सवमा शुक्रबार लोकगायक पुस्कल शर्मा, गायिका सिता राना, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, डान्सर बबिता धितालले भरपुर मनोरञ्जन दिनुभयो ।

एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ भने लुम्बिनी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि भइरहेको छ ।

Previous articleमिडियामार्फत स्वास्थ्य प्रवर्द्धनमा जोड
Next articleकांग्रेस बाँके क्षेत्र नं-१ द्धारा प्रबक्तासंगै शाखा प्रमुखहरु मनोनयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here