कांग्रेस बाँके क्षेत्र नं-१ द्धारा प्रबक्तासंगै शाखा प्रमुखहरु मनोनयन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले कोषाध्यक्ष, प्रबक्तासंगै विभिन्न शाखाका प्रमुखहरुको मनोनयन गरेको छ ।

क्षेत्रीय सभापति पोषण केसीले विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गर्नुभएको छ । ध्रुब आचार्यलाई कोषाध्यक्ष र तुलाराम खत्रीलाई क्षेत्रीय सदस्यमा मनोनयन गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै क्षेत्रीय सदस्यहरुमा कृष्णबहादुर पुन, नमिता रावत, नसुरुद्दिन शेख र डम्मर बहादुर खड्कालाई मनोनयन गरिएको छ । यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा खुमबहादुर खत्री र यमबहादुर रावतलाई मनोनयन गरिएको छ ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) परिच्छेद ३ को धारा ११, उपधारा ४ (क) को (३), नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को ६३, विधानको परिच्छेद ३, धारा ११, उपधारा ४ को (ग) र विधानको परिच्छेद १२ को धारा ५१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरिएको बस्नेतले बताउनुभयो ।

यस्तै क्षेत्रीय सभापति केसीले विभिन्न १२ शाखाका प्रमुखहरुको पनि मनोनयन गर्नुभयो । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद–१७ को धारा ४८ को उपधारा ५ मा व्यवस्था भए बमोजिम विभिन्न शाखाका प्रमुख पदहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन गरिएको क्षेत्रीय सचिव बस्नेतले प्रेस विज्ञप्तीमार्फत जानकारी दिनुभयो ।

आज प्रकाशित विज्ञप्ती अनुसार बलराम शर्मालाई अन्य पार्टी समन्वय प्रमुख, खुम बहादुर बस्नेतलाई स्थानीय तह समन्वय प्रमुख, जयश्वर पौडेललाई प्रशिक्षण प्रमुख, दिपेन्द्र उप्रेतीलाई युवा तथा तरुण समन्वय प्रमुख र धु्रब आचार्यलाई अभिलेख, अनुगमन तथा मुल्याङ्कन प्रमुखमा मनोनयन गरिएको छ ।

यसैगरी तुलाराम खत्रीलाई सूचना, सञ्चार तथा प्रचार–प्रसार प्रमुख, गोविन्द केसीलाई संगठन प्रमुख, अञ्जु न्यौपानेलाई स्वास्थ्य प्रमुख, दिपा बस्नेतलाइ गैरसरकारी तथा सामाजिक सेवा समन्वय प्रमुख, गंगाराम थारुलाई थारु जाती समन्वय प्रमुख, कृष्णबहादुर पुनलाई आदिबासी जनजाति प्रमुख र नमिता रावतलाई महिला समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ ।

Previous articleमहोत्सवमा शनिबार बाल गायक र हाँस्य कलाकारको प्रस्तुति रहने
Next articleबैदेशिक रोजगारीमा जान लागेका बिष्टले गरे महालक्ष्मी सावधिक बीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here