
नेपालञ्ज । बैदेशिक रोजगारीमा जान लागेका नेपालगञ्ज वडा नं-९ का राजकुमार बिष्टले महालक्ष्मी सावधिक बीमा गर्नुभएको छ । जीवनमा कति बेला के हुने भन्नेकुरा निश्चित नभएकाले थोरै भएपनि संकटका बेला काम लाग्ने मनसायले महालक्ष्मी सावधिक बीमा गर्नुभएको हो ।
दैलेखको चामुन्द्रा-२ हाल नेपालगञ्ज वडा नं-९ बस्ने बिष्टले आफ्नी श्रीमती सीता रावलको सल्लाह अनुसार दुबैको सहमतिमा महालक्ष्मी लाईफ इन्सयोरेन्स कम्पनीमा चार लाख रुपैया बराबरको महालक्ष्मी सावधिक बीमा गर्नुभएको छ । रोजगारीका लागि खाडीमुलुक मलेशिया जाने निश्चिति भएपछि बीमा गरेको बिष्टले बताउनुभयो ।
जीवनमा कतिखेर के हुन्छ, कसैलाई थाहा हुंदैन त्यसकारण आफ्नो घरपरिवारको भविष्य थोरै भएपनि सुरक्षित बनाउन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर दिल बहादुर थापाको उपस्थितिमा बीमा गर्नुभएको शाखा प्रमुख सन्दिप अधिकारीले जानकारी दिनुभयो ।





