सुरेन्द्र बुढा क्षेत्री ‘स्लो बाइक प्रतियोगिता’को उपाधीे जित्न सफल

नेपालगञ्ज । ३७ जना प्रतियोगिहरुलाई पछि पार्दै तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को उपाधी नेपालगन्जका सुरेन्द्र बुढा क्षेत्रीले जित्न सफल हुनुभएको छ । निर्धारित १०० मिटरको दुरी ५ मिनेट १३ सेकेन्डमा पुरा गर्नुभएका उहाँले प्रतियोगिताको बिजेता भएसँगै नगद रु. १० हजार र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालको आयोजनामा भएको प्रतियोगितामा दोश्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः अंकित जैसवाल ५ मिनेट ७ सेकेण्ड, प्रदिप यादब ४ मिनेट ५३ सेकेण्ड र शिव तमौलीले ४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उक्त स्थान हासिल गर्नुभएको हो । दोश्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. ७ हजार ४ हजार र २ हजार र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सवारी दूर्घटना न्यूनीकरण गर्न हरेक ब्यक्तिको भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले सवारी सुरक्षा र ट्राफिक नियमको पालना गरेमा दूर्घटना न्युनिकरण हुने भन्दै सबैले ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउन अनुरोध गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख ओम प्रसाद पौडेलले आम सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न अपिल गर्नुभयो । बासले गरेको सचेतना मुलक कार्यक्रमले तिब्र गतिमा सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उहाँको भनाई थियो ।

यसैगरी कार्यक्रममा बोल्दै एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्जका प्रमुख माधव अर्यालले स्लो बाईक प्रतियोगिताले सवारी चालकलाई अनुशासित र नियमको पालना गर्न आवश्यक सचेतना प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

बासका कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्नुभएको थियो भने बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिने कुराको सन्देस प्रवाह गरेको छ ।

बासको आयोजनामा भएको कार्यक्रममा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्ज, पोखरा फाईनान्स लिमिटेड नेपालगन्ज, ग्लोबल आईएमई बैंक नेपालगन्ज, बजाज शोरुम कारकाँदो नेपालगन्ज, जेनिस मेडिसेल्स नेपालगन्ज, होण्डा शोरुम नेपालगन्ज, न्यू होटल इन्द्रेणी न्यूरोड नेपालगन्ज र यमहा शोरुम नेपालगन्जको सहकार्य रहेको थियो । प्रतियोगिताको ब्यवस्थापन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेका थियो ।

Previous articleकोहलपुर-१३ मा बालबालिका लक्षित निःशुल्क स्वास्थ्य जाँच
Next articleमहोत्सवमा चर्चित कलाकारको बेजोड प्रस्तुति, रमाए दर्शक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here