महोत्सवमा चर्चित कलाकारको बेजोड प्रस्तुति, रमाए दर्शक

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आजका कलाकारहरुले आगो बाल्ने प्रस्तुतिसहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो ।

कारकांदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक रमेशराज भट्टराई, गायिका प्रिती आले, बाल गायक सुप्रिम मल्ल, डान्सर टिका जैसी, डान्सर अस्मिता कार्की, हाँस्य कलाकार भुवनेश्वर अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।

चर्चित गायक भट्टराईले कोभिडको समय पछिको नेपालगञ्जको पहिलो महोत्सव हो जहाँ यत्ति धेरै दर्शकहरुको उपस्थिति रहेको जिकिर गरे । उहाँले यो उपस्थिति र आफ्नो गीतहरुलाई असाध्यै मन पराइदिएकोमा भगवान रुपी दर्शकलाई कृतज्ञता ब्यक्त गर्दै आभारी रहेको बताउनुभयो ।

उहाँको बहुला बनाएर गई बोलको गीतमा दर्शकले मोबाईलको बत्ती बालेर गीतको मनोरञ्जन लिएका थिए । उहाँको गीतमा केही दर्शकहरु भाबुक समेत भएका थिए ।

यस्तै, चर्तित गायिका प्रिती आलेको प्रस्तुतिले महोत्सव परिसरमा मनोरञ्जनको आगो बालेको एक दर्शकले बताउनुभयो । उहाँको प्रस्तुतिले दर्शकले आफुलाई झुमेर नाच्नबाट रोक्न सकेन्न । आजको प्रस्तुतिबाट दर्शकले भरपुर मनोरञ्जन लिदै आइतबार आउन लागिएका कलाकारको समेत प्रस्तुति हेरेर रमाउने प्रतिक्रिया दिएका छन ।यस्तै, बाल गायक मल्लले समेत यो ठूलो भिड अहिले सम्म पहिलो पटक देखेको जिकिर गर्नुभयो । उहाँले गाएको गीतको गहिराईमा ढुवेर केही दर्शक भाबुक हुदैँ आसु समेत झारेका थिए ।

उहाँले आफु नेपालगञ्जमा जन्मिएको ठाँउ रहेको बताउदै दोस्रो पटक नेपालगञ्ज आएको जानकारी दिनुभयो । उहाँ केही वर्ष नेपालगञ्जको राझाँमा रहेको एक स्कुलमा आफु पढेको समेत सुनाउनुभयो । उहाँले नेपालगञ्जवासीसंग आजको लागि बिदाई माग्दै फेरी पनि भेट्न आउने वाचा समेत गर्नुभयो ।

यस्तै, हाँस्य कलाकार अधिकारीले हजारौ दर्शकबीच बिभिन्न चरा, जनावर र व्यक्तिहरुको बोल्ने शैलीको आवाज निकालेर मनोरञ्जन गराउनुभएको थियो । आइतबार गायक बद्री पंगेनी, गायिका एलिना चौहान, मोडल एवं डान्सर अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार स्थानीय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषिका शितल शर्मा र प्रेरणाले संचालन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानीय कलाकारको उत्पादन गर्ने उद्देश्यका लागि लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा भोलि एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा जारी महोत्सव अझै ३ दिनसम्म चल्नेछ ।

Previous articleसुरेन्द्र बुढा क्षेत्री ‘स्लो बाइक प्रतियोगिता’को उपाधीे जित्न सफल
Next articleखजुरास्थित लक्ष्मी नारायण मन्दिरमा ठुलो आकारको मुर्ति स्थापना गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here