
नेपालगन्ज । नेपालगन्जका टिकटकहरूले शनिबार नेपालगन्ज धम्बोझीस्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न गरेका छन् ।
विशेष गरी यस क्षेत्रमा रहेका टिकटक युजरहरुको एक आपसमा चिनजान गराउने र टिकटकलाई व्यवसायीकरण गर्दै कसरी आय आर्जन गर्न सकिन्छ भनेर छलफल गरिनु टिकटक मिटको उद्देश्य थियो ।
उपस्थित सबैले आ-आफ्नो अनुभव शेयर गर्दै यस्तो भेटघाट कार्यक्रमले एकअर्काको प्रतिभा निखार्न अझै मदद पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा त्यहाँ उपस्थित मध्य टप थ्री फलोवर्सलाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै बाँके कै र्यापर समुह N-Town र आर्यमान महापात्रले सांगीतिक प्रस्तुती दिनुभएकाे थियाे । शक्ति वैश्य र तौसिफ इराकीले गजल प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रम सञ्चालन रवि बस्नेतले गर्नुभएकाे थियाे ।
मिट कार्यक्रमको सहयोगीको रुपमा रिलाएन्स लाइफ इन्स्योरेन्स, स्मार्ट सेवा प्रा. लि., राजा खान रहनुभएकाे थियाे भने सोसल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी, हस्पिटालिटि पार्टनर समर्थ इन र फोटोग्राफी पार्टनर आरजिबि निहालले गर्नुभएको थियो ।





