नेपालगञ्ज महोत्सव थप चार दिन लम्बिने

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवको समय अवधि ४ दिन थप गरिएको छ ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव यस अघि माघ १० देखि २४ गतेसम्म पुर्वनिर्धारित समय तोकिएको र समितिको निणर्यले ४ दिनका लागि मेलाका अवधि थप गरी माघ २८ गतेसम्म संचालन गरिने भएको छ ।

महोत्सवमा आयोजकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बजोड प्रस्तुति दिइदै आएको छ । चर्तित एवं दर्शकको मनमा छाएका कलाकारहरुको गीत, नृत्य र कलालाई नेपालगञ्ज महोत्सवको मञ्चमा आयोजकले प्रस्तुत गर्दै आईरहेको छ ।

नेपालगञ्ज महोत्सवको मञ्चमा चर्चित कलाकारलाई ल्याउने दर्शकको चाहानालाई मध्यनजर गर्दै आयोजक समितिले समय थपेको प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब माघ २८ गते शनिवारसम्म संचालन रहनेछ ।

Previous articleनेपालगन्जमा टिकटक मिट, टप थ्री फ्लाेवर्सलाई कदर पत्र
Next articleजनयुद्ध दिवसको अवसरमा पहिलो पटक भलिबल प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here