नरैनापुरकाे राेशनपुर्वामा तीन कराेड लागतमा सडक निर्माण शुरू, स्थानीय खुशी

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर वडा न-२ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका छन् ।

तर नरैनापुर गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निमार्ण सुरुपछि स्थानीयहरु हर्षित भएका छन् ।

गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउन वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताउनुभयो ।

रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँले भनाई थियो ।वर्षौ पछि गाँउपालिकाले बाटोको निमार्ण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चीत थियो । तर अब रोड बने पछि सहजता आउने छ ।”

६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताउनुभयो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिकासंग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गर्नुभयो ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभएको थियो ।

Previous articleबाँकेमा रिप्लान्ट परियोजना शुरु
Next articleकोहलपुरमा ऐलानी जग्गा नापजाँच तीव्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here