सातौं राष्ट्रिय परिवार योजना दिवस : मजदुरलाई कण्डम र पिल्स बितरण

बाँके । सातौं राष्ट्रिय परिवार योजना दिवस शुक्रबार मनाइएको छ । दिवसको अवसरमा नेपालगञ्जमा बिबिध कार्यक्रम गरिएको छ ।

दिवसकै अवसरमा नेपालगञ्जस्थित रामलिला मैदानमा जम्मा हुने श्रमिकहरुलाई कण्डम, पिल्स बितरण गरिएको हो ।

मैदानमा जम्मा हुने पुरुष मजदुरलाई कण्डम तथा महिला मजदुरलाई पिल्स बितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवार योजनाको साधान बितरणका साथै सोबारे जानकारी भएको पम्प्लेट समेत बितरण गरी उनीहरुलाई जानकारी समेत गराइएको छ ।

नेपालगञ्जमा रहेर स्वास्थ्यको क्षेत्रमा कार्य गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दिया, नेपाल परिवार नियोजन संघ लगायतको समन्वयम शुक्रबार दिवस मनाइएको हो ।

Previous articleयुवा सशक्तिकरण परियोजना : ३ करोड ५९ लाख खर्च
Next articleसंविधान दिवसका अवसरमा बाँकेमा ४ जनाको कैद माफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here