युवा सशक्तिकरण परियोजना : ३ करोड ५९ लाख खर्च

बाँके । नेपालगञ्जमा संचालित युवा शशक्तिकरण बुलगारी परियोजनाको उपलब्धीबारे छलफल गरिएको छ । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाको उपस्थितिमा बिहीबार महेन्द्र पुस्कालयमा परियोजनाको उपलब्धिबारे छलफल गरिएको हो ।

छलफलमा २०१६ देखि संचालन भएको परियोजनाले प्राप्त गरेको उपलब्धीहरु समेत प्रस्तुत गरिएको छ । उपलब्धीहरुमा परियोजना संचालन भएदेखि हालसम्म ३१३ जना बालबालिकाहरुलाई अध्ययनका लागि छात्रबृति सहयोग गरेको छ ।

प्रत्येक वर्ष दश हजार बराबरका दरले परियोजना समयअवधिभित्र २०३ बालिका र ११० जना बालकलाई ३१ लाख रुपैया छात्रबृति प्रदान गरेको छ । परियोजना सकिएपनि गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले नेपालगञ्जका धम्बोझी, सरस्वती, मंगल प्रसाद र महेन्द्र माध्यमिक बिद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ ।

यस्तै परियोजनाकै क्रममा १ हजार ४ सय १६ जना बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ भने सिकाई उपलब्धी न्युन भएका ८, ९ र १० कक्षाका १ हजार १ सय ६२ जना बालबालिकाहरुका छुट्टै ट्यूशन कक्षामा सहभागि गराइएको छ । सो अवधिमा महेन्द्र पुस्तकालयमा युवा सूचना केन्द्रको व्यवस्थापन गरिएको छ र सोबाट हालसम्म १ हजार ५० जना युवाहरु सहभागि भएका छन् ।

यस्तै खाली रहेका तथा केही गर्न चाहेका १५२ जना महिला र ५८ जना पुरुषलाई लघुबित्त तथा सीप बिकास तालिम प्रदान गरिएको छ । जसमध्ये १७७ जनाले रोजगारी तथा आफ्नै व्यवसाय संचालन गरिरहेको जारी गरिएको तथ्याँकले देखाएको छ ।

तालिम लिएर व्यवसाय शुरु गरेका ८९ जना युवाहरुलाई व्वसाय संचालनका लागि सामाग्रीहरु प्रदान गरिएको छ भने कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका ४८ जना युवाहरुलाई दश हजारका दरले सहयोग गरिएको सामाजिक बिकास मंच (एसडिएफ) बाँकेका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

परियोजनाकै क्रममा नेपालगञ्जस्थित पौरखी बहुद्देश्यीय सहकारी संस्थाको समस्यमा घुम्तिकोष स्थापना गरी लक्षित वर्गका युवाहरुलाई ५० हजार देखि ३ लाखसम्मको ऋण प्रदान गरिएको छ । सो कार्यबाट ८२ जना युवाहरु लाभान्वित भएको तथ्याँकमा उल्लेखछ ।

घुम्तिकोषमा जम्मा भएको हालसम्मको रकमबाट १८४ जना बालबालिकाहरुलाई २ हजारदेखि १० हजारसम्मको सहयोग प्रदान गरिएको छ । त्यस्तै यही क्रममा नेपालगञ्ज उपमहानगरपालिकालालाई ४ पटकमा ७ लाख बढि रकम बराबरको स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ ।

परियोजना बर्हिगमन बैठकमा बोल्दै मेयर डा.राणाले नेपालगञ्जमा राम्रो काम गरेको भन्दै पुन : यस्ता कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । संस्थाले उदाहरणीय कार्य गरिरहेको र युवाहरुको क्षमता बिकासका लागि उल्लेख्य योगदान गरेकाले थप समय नेपालगञ्जमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोरख बहादुर थापाले परियोजनालाई छोडेर जाँदा अहिले सहयोग पाइरहेका युवा तथा बालबालिकाहरुलाई समस्या पर्दा उपमहानगरपालिकासंग समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजना अवधिभर शिक्षा तथा जिविकोपार्जनमा नमूना कार्य गरेको धारणा राख्नुभयो ।

बैठकमा जिल्ला समन्वय समिति बाँकेका सदस्य चेत बहादुर थापा, नेपालगञ्ज वडा नं–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, मंचका अध्यक्ष चम्प सिंह थापा मगर, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नगर शिक्षा समितिका सदस्य तरुण बज्रचार्य, जिल्ला युवा क्लब संजाल बाँकेका राजन बर्मा, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, जिविकोपार्जन अधिकृत सहजराम यादव, सुपरभाईजर इन्द्रा खडका र शिक्षा अधिकृत बृजेश ठाकुरको उपस्थिति रहेको थियो ।

बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको थियो । सेफ द चिल्ड्रेनको सहयोगमा संचालित पाँच वर्षीय परियोजना अवधिभर मंचले ३ करोड ५९ लाख १३ हजार ३ सय ८३ रुपैयाँ खर्च गरेको छ भने अझै ७ लाख ५१ हजार खर्च हुन बाँकी रहेको छ ।

Previous articleबाँकेमा थप एक ४५ वर्षीय संक्रमितको मृत्यु
Next articleसातौं राष्ट्रिय परिवार योजना दिवस : मजदुरलाई कण्डम र पिल्स बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here