नेपालगन्ज महाेत्सवमा शुक्रबार मेलिना राई र गोपाल जिएमकाे प्रस्तुति

नेपालगन्ज । नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रहने भएकाे छ ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार गायिका मेलिना राई र गायक गोपाल जि एमकाे प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयाे ।

यस्तै, स्थानीय गायक अशोक रावलको समेत प्रस्तुति समेत रहनेछ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने तय भएको संयोजक कंडेलले जानकारी दिनुभयो ।

दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । आज १८ जना प्रतिस्पर्धी सेमीफाइनल पार गर्दै फाइनलमा प्रवेश गरेका छन ।

शुक्रबार महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ । यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसरभित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिन सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब दुई दिन मात्र बाँकी छ । महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

Previous articleराप्तीसोनारी र नरैनापुर क्षेत्रमा टेलिकमका थप टावर राख्न मन्त्री केसीकाे पहल
Next articleनेपालगन्ज बसपार्क क्षेत्रबाट भन्सार छलिको लत्ताकपडा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here