नेपालगन्ज बसपार्क क्षेत्रबाट भन्सार छलिको लत्ताकपडा बरामद

file photo

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ ।

प्रहरीले माघ २६ गते बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नं- ४ बसपार्क क्षेत्रबाट भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे लत्ताकपडा बरामद गरेकाे हाे ।

बसपार्क सडक खण्डमा भारतबाट अबैध मालसामानहरु ल्याएको भन्ने सुचना प्राप्त भएलगत्तै परिचालन भएकाे टाेलीले साे सामान पक्राउ गरेकाे वडा प्रहरी कार्यालयले जनाएको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खाटिएका प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेत समेतको संयुक्त प्रहरी टोलीले कुर्ता सुरुवाल ४३, कुर्ता सुरुवाल (सुट) १५ थान, सारि ९ थान, कोट पाईन्टको काँचो कपडा थान २, कुर्ती २२ थान, पलाजु (अलादिन) ३० थान र लेगिज ५ थानकाे अन्दाजी जम्मा बजार मुल्य एक लाख दुई हजार चार सय रूपैयाकाे वेवारिसे सामान बरामद गरिएकाे हाे ।

बरामद सामान आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालयमा पठाईएकाे छ ।

Previous articleनेपालगन्ज महाेत्सवमा शुक्रबार मेलिना राई र गोपाल जिएमकाे प्रस्तुति
Next articleबाँसगढीकाे मगरपुरका ८५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here