
नेपालगन्ज । नेपाल मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्जले शिक्षा अभियानअन्तर्गत श्जन कल्याण प्राथमिक बिद्यालय बाँसगढी नगरपालिका वडा न.४ मगरपुर बर्दियामामा रहेका ८५ विद्यार्थीहरुलाई स्टेशनरी सामान कपि कलम वितरण गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती नेपालगन्जको म.चादना बाइजीकाे सभापतित्वमा भएकाे कार्यक्रममा म. चन्द्रकला बाइजी, देवी बाइजी र नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँकेकि अध्यक्ष भावना शाह, जन कल्याण प्राथमिक बिद्यालयका शिक्षक शिक्षिका , व्यवस्थापन समिति लगायत नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँके नेपालगन्ज र बर्दियाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको मन्तव्यमा मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिषयमा बताइएको थियोे । विद्यालय समितिले पनि बाँकेमा थुप्रै विद्यालय हुदाहुँदै पनि बर्दिया आएर यस विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमलाई नेपाल मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्ज मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्ज बाँकेका कोषाध्यक्ष सुरज राईले संचालन गर्नुभएकाे थियाे ।





