चैत ४ गतेबाट कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता हुने

कोहलपुर । कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता चैत ४ गतेबाट हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले प्रतियोगिता गर्न स्वीकृति प्रदान गरेको हो ।

स्वीकृति प्राप्त गरेसँगै हिमालयन सेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा आफ्नो ‘ए’ डिभिजनका खेलाडीहरुलाई प्रथम कोहलपुर कप प्रतियोगिता २०७९ मा सहभागी गराउनका लागि सम्झौता भएको कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो ।

यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष क्षेत्रीले प्रतियोगिता सञ्चालन गर्न मिति स्वीकृति भएकोले आर्थिक, भौतिक र संस्थागत रुपमा सहयोगको लागि अनुरोध गर्नुभएको छ ।

‘कोहलपुर गोल्ड कपमा ७ वटा राष्ट्रिय टिम सहभागिता हुन लागेका छन्,’ उहाँले भन्नुभयो, ‘करिब ५० लाखभन्दा बढिको लगानीमा सञ्चालन हुन लागेको छ ।’

कोहलपुर गोल्ड कपमा प्रथम, द्धितीय, तृतीय, रेफ्रि, खेलाडी, गोलकप सञ्चाल र समापन गर्न करिब ५० लाख बराबरको कार्यक्रम तय भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नव किरण शाहले पश्चिम नेपालको पहिचान र कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउनुपर्ने हामी सबैको कर्तब्य भएको बताउनुभयो ।

Previous articleजापान सरकारद्वारा दाङमा प्रसुति भवन हस्तान्तरण
Next articleलुम्बिनीमा मन्त्रालय भागवण्डा टुंग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here