कृषि बिकास सम्बन्धि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

नेपालगञ्ज । बाँकेमा कृषि बिकास सम्बन्धि संचालन भएको ‘बाली उपरान्त हुने क्षति न्यूनिकरण गर्नका लागि नयाँ प्रबिधिहरुमा पहुँच’ परियोेजना सम्बन्धि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।

बाँके तथा दांग जिल्लाका किसानहरुलाई सहयोगी हुनेगरी संचालन हुने परियोजना अन्तर्गत रहेका कर्मचारी तथा कार्यान्वयन गर्ने संस्थाका पदाधिकारीहरुलाई ८ देखि १० फ्रब्रुअरी २०२३ सम्म परियोजनाबारे तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो ।साना किसानहरुबीच नविनतम मोडेलबाट हर्मेटिक पोष्ट, हार्वेष्ट भण्डारणको अनुसरण तथा बिस्तार, नीजि सेवा प्रदायक पात्रहरुको क्षमता अभिबृद्धि जस्तै बिभिन्न बित्तिय पहुँच तथा योजनाहरु, हर्मेटिक पोष्ट हार्वेष्ट भण्डारण र पुरक प्रबिधिहरु, बाली बीमा, साना कृषकहरुले समुदाय व्यवसाय सहजकर्ताहरुको संजाल सिर्जना गरि कृषि ऋण र बाली बीमा समाबेश गरेर हर्मेटिक पोष्ट हार्वेष्ट प्रबिधि अपनाउने कार्यलाई गति दिने लगायत परियोजनाको उद्देश्य छ ।

आई डि ई नेपाल, मुक्तिनाथ बिकास बैंक, सिद्धार्थ इन्स्योरेन्स र नाफ सीड प्रालिको सहयोगमा बाँकेमा सामाजिक बिकास मंच (एस डि एफ) र दांगमा आर डब्ल्यु डि सीले सो परियोजना कार्यान्वयनमा ल्याउनेछ ।मंचका अध्यक्ष चम्प सिंह थापा मगर, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, परियोजना अधिकृत ममता अधिकारी, दांग संस्थाका पदाधिकारी तथा कर्मचारी लगायतको उपस्थिति रहेको तालिमलाई सिद्धार्थ इन्स्योरेन्सका नबिन सुवेदी, आइ डिई नेपालका मार्केट डेभलपमेन्ट अधिकृत सुदिप कार्की, सुन्दर पौडेल, रिप्लान्ट परियोजनाका परियोजना प्रबन्धक आस्था प्रजापति, परियोजनाका फिल्ड कार्यक्रम प्रबन्धक कल्पना धिताल, नाफ सिडका कृषि कार्यक्रम लिड ललित प्रसाद साहले प्रशिक्षण गर्नुभएको थियो ।

बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा परियोजना संचालन भएको छ ।

Previous articleलुम्बिनीमा मन्त्रालय भागवण्डा टुंग्यो
Next articleजनप्रतिनिधिले लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाको नेतृत्व लिने नगरप्रमुखको थारुको प्रतिबद्दता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here