जनप्रतिनिधिले लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाको नेतृत्व लिने नगरप्रमुखको थारुको प्रतिबद्दता

बारबर्दिया । निर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैङ्गिक रुपान्तरण तथा नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम बारबर्दियाको जयनगरमा शनिबारबाट शुरु भएको छ ।

लैङ्गिकमैत्री गुणस्तरीय शिक्षा, तथा महिलाहरुको नेतृत्वमा पहुँच भन्ने मुल उदेश्यका साथ प्लान इन्टरनेशन नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा सिकाई परियोजना अन्तरगत तीन दिने तालिम शनिबारदेखि शुरु भएको हो ।

तालिमको उद्घाटनमा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबीलाल थारुले प्लानको साझेदारीमा स्याक बाँकेले लामो समयदेखि शिक्षाको गुणस्तर बृद्धिका लागि नगरपालिकासंगको समन्वयमा कामहरु गरिरहेको र संस्थाले संचालन गरेका हरेक क्रियाकलाप उपलब्धीमुलक रहेको बताउनुभयो ।

संस्थाले परियोजना संचालनपछि स्थानीय सरकार नपुगेको स्थानमा भौतिक पुर्वाधार निर्माण, प्रबिधिमैत्री शिक्षाका लागि आइसिटि सहयोग, पुर्व प्राथामिक तहमा नमूना कक्षाकोठा ब्यबस्थापनका लागि सामाग्री सहयोग, अभिभावक शिक्षा जस्ता क्रियाकलापमार्फत बिधालयस्तरमा सिकाई उपलब्धी बृद्दि भएको बताउनुभयो ।

यस्तै निर्वाचित जनप्रतिनिधिहरुलाई शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा कायम गर्न र नेतृत्व प्रदान गर्नका लागि संचालन गरिएको तालिमले क्षमता बिकासमा टेवा पुर्याउने भन्दे स्याक तथा प्लान नेपाललाई धन्यबाद व्यक्त गर्नुभयो ।

तालिम तालिमा मात्र सिमित नभई जनताबाट निर्वाचित पदाधिकारी भएकाले जनताको हरेक काममा नेतृत्व प्रदान गर्न सक्षम तथा सबल नागरिकको रुपमा बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरु लागिरहनु भएको र अझ यस कार्यलाई प्रभावकारी रुपमा लिनु हुने अपेक्षा रहेको नगरप्रमुख थारुले बताउनुभयो ।

वडा तथा पालिकास्तरमा हुने बिभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने र बारबर्दिया नगरपालिकाको लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाका लागि पैरबी हुने उहाँले धारणा राख्नुभयो ।

नगरप्रमुख थारुले आफुपनि संघ सस्थाको सुभचिन्तक भएको र संस्थाले गर्ने हरेक क्रियाकलापमा सहभागि भइ कार्यक्रमले दिर्घकालिनरुपमा नगरको समग्र बिकासमा सबै संघसंस्थासंग समन्वय सहकार्य गरेको बताउनुभयो ।

जनप्रतिनिधिहरुको क्षमता बिकासका लागि संस्थासंगको समन्वयकारी भुमिका निर्वाह गरि शनिबारदेखि तालिम शुरु गरिएको नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले बताउनुभयो ।

तालिम उद्घाटन सत्रमा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बिगत ४ बर्षदेखि संस्थाले शिक्षा क्षेत्रमा टेवा पुर्याउने उदेश्यका साथ बालबालिकाहरुको सिकाई उपलब्धी बृद्दि गर्न र बालिकाहरुको बिधालयमा नियमित उपस्थितिका लागि कार्यक्रमहरु संचालन गरिएको जानकारी गराउनुभयो ।उहाँले शैक्षिक बिकास तथा गुणस्तरका लागि शिक्षकहरुको क्षमता बिकास, बालबालिकाहरुको बसाई ब्यवस्थापनका लागि कक्षा कोठा मर्मत सम्भार, भौतिक पुर्वाधार निर्माण, नमुना कक्षा कोठा ब्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोग, बिधालयमा अभिभावक कक्षा संचालन, सिकाई उपलब्धी कमजोर भएका बालिकाकाहरुका लागि श्रोत कक्षा संचालन जस्ता कार्यक्रमहरु भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

पालिकास्तरमा शिक्षा नीति, शिक्षा योजना, स्थानीय पाठ्यक्रम र बारबर्दिया नगरपालिकाको पाश्चचित्र निर्माणका लागि प्राबिधिक तथा आर्थिक सहयोगमार्फत समन्वयकारी भूमिका निर्वाह गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

शिक्षाका लैङ्गिक रुपान्तरण मुखि अवधारणा, लैङ्गिकमैत्री भूमिका, लैङ्गिक रूपान्तरण दृष्टिकोण, लैङ्गिक रूपान्तरण शिक्षा, लैङ्गिक रूपान्तरण शिक्षाका पक्ष र तत्वहरू, स्थानीय सरकार सञ्चाल ऐन २०७४, स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व बिकास, संघीयता र विभिन्न तहका सरकारका अधिकारहरू, महिला नेतृत्व विकासका आधारभुत सिपहरु लगायत विभिन्न कानुनी व्यवस्था बारे तालिममा छलफल हुनेछ ।

उद्घाटनमा संस्थाका कार्यसमिति सदस्य बबिता सिंहले स्वागत मन्तब्य राख्नुभएको थियो भने परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले संचालन गर्नुभएको थियो । तालिमलाई लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल अधिवक्ता राजकुमार चौधरीले सहजीकरण गर्नुहुनेछ ।

कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, वडा नं ८ का वडाअध्यक्ष, सामाजिक बिकास समितिका संयोजक, कार्यपालिका सदस्य, वडा सदस्य गरि २८ जनाको सहभागीता रहेको फिल्ड सुपरभाइजर सिमा वलीले जानकारी दिनुभयो ।

Previous articleकृषि बिकास सम्बन्धि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
Next articleआयुर्वेद औषधी व्यवसायी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here