३५ किलो चरेससहित विमानस्थलबाट चार जना थाइ नागरिक पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो चरेससहित चार जना थाइ नागरिक पक्राउ परेका छन् ।

थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाएर लागुऔषध चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।

Previous articleदाङको टरिगाउँ विमानस्थलको डीपीआर तयार
Next articleनेपालगन्जमा भेस्पा स्कुटर मर्मतमा ठगी गरेको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here