नेपालगन्जमा भेस्पा स्कुटर मर्मतमा ठगी गरेको आरोप

नेपालगन्ज । नेपालगन्जमा भेस्पा स्कुटर चलाउने स्कुटर धनीहरु मर्मत गर्ने बेला आफूहरु ठगिने गरेको बताउँछन् । मर्मत गर्ने बहानामा स्कुटर चालकहरुसँग ठुलो रकम लिने गरिएको उनीहरुको आरोप छ ।

नेपालगन्जमा भेस्पा स्कुटरका सामानहरु सजिलै नपाइने हुँदा मर्मतको बहानामा धनिहरुबाट बढी रकम लिने गरेको आरोप उनीहरुले लगाएका हुन् ।

नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले आफू स्कुटर मर्मत गर्न जाँदा आफू ठगिन लागेको तथ्य थाहा पाएको बताउनुभयाे । केही दिनअघि स्कुटरको सिट बिग्रिएपछि मर्मतका लागि नेपालगन्ज, कारकाँदोस्थित भिएस मोटरसाइकल रिकण्डिसन हाउसमा आफू पुगेको तर रिकण्डिसन हाउसमा सिटमात्रै बनाउन १७ हजार रुपैयाँ खर्च हुने आफूलाई भनेको उहाँले बताउनुभयाे ।

उहाँका अनुसार सोही सामान दांगको घोराहीमा रहेको पुष्पा इन्टरप्राइजेजले करिब सात हजार पर्ने भनेपछि उक्त रिकण्डिसनले ठगिरहेको तथ्य सार्वजनिक भएको हाे ।

‘पत्रकार महासंघ बाँकेको उपाध्यक्ष जस्तो मान्छे त ठगिन पुग्यो’, उपाध्यक्ष शाहले भन्नुभयाे, ‘अरु कति स्कुटर धनि ठगिएका होलन ।’ साथै सामान महंगो भयो भन्ने क्रममा विवाद पनि भएको प्रत्यक्षदर्शी कोहलपुरका पुजन शाहीले बताउनुभयाे ।

केही समयअघि सिट कभर फेरेको भनेर ६ सय पर्ने सामानको एक हजार सात सय लिएको उपाध्यक्ष शाहले बताउनुभयाे । ‘त्यति बेला मैले होला त भनेर पैसा दिए,’ उपाध्यक्ष शाहले भन्नुभयाे, ‘पछि अरु ठाउँमा सोधेको त त्यो सामानको ६ सयमात्र पर्ने रहेछ ।’

यस्तै केही महिना महिना नेपालगन्जकी रेनु न्यौपानेले भेस्पा स्कुटरको टायर फेरेबापत सात हजार रुपैयाँ रिकाण्डिसनले लिएको थियो । बाहिर उक्त टायरको मूल्य तीन हजार देखि ३ हजार ५ सय सम्मको हाराहारीमा पर्छ ।

नेपालगन्जमा भेस्पाको आधिकारिक शोरुम नहुँदा स्कुटर धनि ठगिएका छन् । शुरुमा भिएसले नै नेपालगञ्जमा शोरुम संचालन गरेको थियो । तर पछिल्लो समय शोरुम नेपालगन्जमा नरहेपछि भेस्पा स्कुटर धनिहरुसँग मर्मतको फाइदा उठाउँदै आएको छ ।

उता भिएस प्रालिका संचालक सरद पाण्डेले मर्मत गर्न आउने स्कुटर धनिलाई परिवर्तन गर्ने सामानको मूल्य सुरुमै भन्ने गरिएको बताउनुभयाे । पत्रकार महासंघकी उपाध्यक्ष शाहलाई पनि यति पैसा पर्छ भनेर सुरुमै भनेको र महंगो भनेर भनेपछि आफूहरुले अन्यत्र सोध्न भनेको उहाँले बताउनुभयाे ।

Previous article३५ किलो चरेससहित विमानस्थलबाट चार जना थाइ नागरिक पक्राउ
Next articleनेपालगञ्ज महोत्सव बिवाद : एक अर्कालाई दोषी देखाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here