
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालित सिकाई परियोजनाबारे सरोकारवालाबीच समिक्षा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि परियोजनाको कार्यक्रमका बारेमा सरोकारवालाबीच समिक्षा गरिएको हो ।
परियोजनामार्फत खजुराका केही बिद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि, बिकास, क्षमता अभिबृद्धि जस्ता कार्यहरु संचालन हुँदे आएका छन् । जसमा स्थानीय सरकारप्रमुख, शिक्षक र सरोकारवालाहरुको सहभागिता हुने गरेको छ ।
समिक्षामा बोल्ने वक्तले परियोजनाले खजुराको शैक्षिक बिकासमा अमुल्य योगदान पुर्याएकोमा एकमत रहेको देखिएका छन् । उनीहरुले परियोजनामार्फत भएका गतिबिधिहरुको सहायताले बिद्यालय, बिद्यार्थी, बिद्यालय व्यवसथापन समित, शिक्षा समिति, अभिभावक शिक्षक सघ सबैलाई ठुलो सहयोग पुगेको बताए ।
समिक्षामा खजुरा गाउँपालिका डम्बर बहादुर बिकले यस परियोजनाले शैक्षिक उपलब्धीमा बृद्धि भएको पाएको बताउनुभयो । उहाँले परियोजना संचालन गर्ने प्लान नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेलाई धन्यवाद दिनुभयो ।
समिक्षा बैठकमा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, सामाजिक बिकास संयोजक कृष्णा बिक, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, परियोजना संचालित बिद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।





