नेपालगन्जबाट पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

नेपालगन्ज । नेपालगञ्जबाट पाँच लाख नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले  नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।

रानाकाे साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट  बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

Previous articleदर्शकले रुचाउने सामाग्री उत्पादन गर्नुपर्ने : मन्त्री शर्मा
Next articleबाँकेमा फागुन ११ देखि हात्तीपाइले राेगबिरूद्वकाे अभियान, ६ लाख बढीलाई औषधी खुवाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here