खजुरामा आजदेखि खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु

file photo

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा आज (शुक्रबार) देखि राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नं-३ मा रहेको ज्ञानोदय नमूना माविको प्रांगणमा ‘दोस्रो खुल्लाजुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।

प्रतियोगितालाई खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । उहाँले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताउनुभयो । उहाँले खजुरा जुडोको हब बन्दै गएपनि जुडोको लागि कुनैपनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताउँदै वडामा हुने खेलकुद गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा ज्ञानोदय नमूना माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जुडो खेलको माध्यामबाट ज्ञानोदयका खेलाडीले अन्तर्राष्ट्रियस्तरसम्मको प्रतियोगितामा सहभागिता जनाएको बताउनुभयो । कायक्रममा मंगोलियन जुडाका अध्यक्ष विजय गुरुङले खजुरामा जुडो खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमअघि खेलाडी र आयोजकसहित निस्केको प्रभावफेरि खजुरा बजारको परिक्रमा गरेको थियो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्की लगायतका जिल्लाबाट ९ टिमले सहभागिता जनाएका छन् ।

करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता रहेको प्रतियोगिता अवधीभर खाना र आवासको व्यवस्थापनि आयोजकले निःशुल्क गरेको व्यवस्थापक संयोजक निकेश लामिछानेले बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइनेछ भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइने छ । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।

प्रतियोगितामा विजेता खेलाडीलाई स्वर्ण, रजत र दुई कास्यविधामा पुरिष्कृत गरिनेछ भने वेष्ट पुरुष र महिला खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित मेडलले सम्मान पनि गरिनेछ । यसअघि २०७५ सालमा पहिलो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता सोही स्थानमा भएको थियो ।

Previous articleभन्सार अधिकृत केसीविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा
Next articleकार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका ‘उत्कृष्ट’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here