मंगोलियन क्लबले उचाल्याे खुल्ला जुनियर जुडोको उपाधी

खजुरा । बाँकेको खजुरामा सम्पन्न ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ को उपाधि आयोजक मंगोलियन जुडो डोजोले जितेको छ । आयोजकले ८ स्वर्ण, ५ रजत र ६ कास्यसहित प्रतियोगिताको उपाधि हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा बाँकेकै कम्दी जुडो डोजो दोस्रो भएको छ । कम्दीले ४ स्वर्ण र ७ रजत र ३ कास्य जितेको छ । तेस्रो बनेको दाङ जुडो डोजोले ४ स्वर्र्णसहित १ रजत र ४ कास्य जितेको छ ।

त्यस्तै कैलाली जुडो डोजोले २ रजत र ५ कास्यमात्र जितेको छ भने कन्चनपुर जुडो डोजोले १ कास्य मात्र जित्न सफल भएको छ । पोखरा जुडो डोजोले भने १ रजत र ४ कास्य जितेको छ ।प्रतियोगितामा मंगोलियन जुडो डोजोकी दिक्षा मगर र दाङ जुडो डोजोका सुमित केसी सर्वोत्कृष्ठ खेलाडी गोषित हुनुभयो । दुबैले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गर्नुभयाे ।

विजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथि एवम् खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, ज्ञानोदय नमुना माविका प्रअ ऋषिराम सापकोटालगायतले पुरस्कृत गर्नुभयाे ।

शुक्रबारदेखि खजुरा गाउँपालिकाको सहकार्यमा मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्कीलगायतका जिल्लाबाट ९ टिमकाे सहभागिता रहेको थियो । प्रतियोगितामा करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता थियाे ।

प्रतियोगितामा आयोजकले सहमागी टिमलाई निःशुल्क खाना र आवासको व्यवस्था गरेको थियो ।प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइएको थियो भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइएको थियो । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।

Previous articleपाकिस्तानको कराचीमा आक्रमण : सुरक्षाकर्मीसहित चार जनाको ज्यान गयो
Next articleसाढे तीन लाख बढीको अबैध लत्ताकपडा नेपालगञ्जबाट बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here