
नेपलागञ्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगञ्ज ल्याइएको बिभिन्न सामानहरु बरामद गरेको छ । नेपालगञ्जस्थित अस्थायी प्रहरि पोस्ट बसपार्कबाट खटिएको टोलीले भन्सार छलि नेपाल भित्रिएको सामान बरामद गरेको हो ।
प्रहरी पोष्ट इन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले अबैधरुपमा भित्रिएको तीन लाख ७० हजार बराबरको लत्ताकपडा बरामद गरिएको छ ।
इन्चार्ज बस्नेतका अनुसार आवशयक कारबाहीका लागि बरामद सामान वडा प्रहरी कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।





