लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियान सम्पन्न

नेपालगन्ज । महाशिवरात्री ८७ औं महाशिवरात्री महोत्सवको रुपमा लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियानका भव्य रुपमा मनाइएको छ ।

उक्त महाशिवरात्रिको दिन पवित्रता, शान्ति र स्नेहद्वारा सकारात्मक समाज रुपान्तरणका लागि निरन्तर सेवारत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, नेपालगंजद्वारा यस महाशिवरात्रि पर्वको अवसरमा “दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण” भन्ने मुल नारा सहित संस्थाले मनाएको हो ।

महोत्सव अन्तर्गत शिवरात्रीको दिन शनिबार विहान आयोजना गरिएको शिव ध्वजारोहण, स्नेह मिलन तथा प्रवचन समारोह भव्यताका साथ सम्पन्न भयो ।

सो अवसरमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय डा. धवल शम्सेर राणाले सबै मानव समुदायलाई सकारात्मक बाटोमा डोर्याएर शान्तिको मार्गमा उन्मुख गराउने महान उद्देश्य बोकेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले महाशिवरात्रिको अवसरमा यसवर्ष लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिनसम्म जनचेतना जागरण गर्ने अभियान सञ्चालन गरेकोमा सराहना गर्नु भयो ।

यो महान अभियानले लागु पदार्थको कुलतमा फसेका युवा तथा सबै नागरिकलाई यसबाट मुक्त गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय दिपा शर्मा, लुम्विनी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठ, बागेश्वरी मन्दिर शक्तिपिठका मुल महन्त चन्द्रनाथ योगी, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापतिे गोवर्धन सिंह क्षेत्री, वरिष्ठ पत्रकार पूर्ण लाल चुके लगायतले महाशिवरात्रि पर्व र कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

समारोहका अध्यक्षको आसनबाट ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख ब्रह्माकुमारी ब्र.कु. राजयोगिनी दुर्गाले यस विश्वविद्यालयले महाशिवरात्रि पर्वलाई ८७ औं अवतरणोत्सवको रुपमा मनाइरहेको छ, समय अन्ततिर गइरहेको छ, समयमा जागौं स्वयंलाई जगाऔं, आध्यात्मिक सशक्तिकरण तिर अगाडि बढौं, नशा पान गर्ने आदत र विकृत संस्कारलाई शिव भोलेनाथ शिवबाबालाई दान गरेर शुभकर्म तिर अग्रसर होआंै भन्दै तब मात्र हामीले महाशिवरात्रि पर्व मनाएको सार्थक हुनेछ भन्नु भयो ।

ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराकी प्रमुख व्रम्हाकुमारी गोमाले ईश्वरीय विश्व विद्यालयकोे विस्तृत परिचय प्रस्तुत गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय माया पुन, माननीय अम्बिका काफ्ले, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिहं राठौर, रा.प्र.पा.का केन्द्रीय उप महासचिव ऋषीराज देवकोटा, डा.विनोद खेतान, जिल्ला बार एसोसीएसन, बाँकेका अध्यक्ष जनक बहादुर शाही, नेपालगंज उद्योग वाणिज्य सघं, कोषाध्यक्ष हरिलाल न्यौपाने लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, समाजसेवी, सञ्चारकर्मी, लव्धप्रतिष्ठित व्यक्तित्व र संस्थामा आवद्ध श्रद्धालु सदस्यहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा कुमारी रेण्ुा, सुजिता, सुजता, हिमाञ्जली, कल्पना (ग्रुप) कुमारी रुविना, सुदिक्षा र कुमारी रेणुद्वारा विभिन्न साँस्कृतिक नृत्यहरु र शिव ताण्डव नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा क्षेत्रीय सचिव ब्र.कु.कृष्णले स्वागत गर्नुभएको कार्यक्रमका सञ्चालन ब्र.कु. मुनाले गर्नुभएको थियो ।

Previous articleसाढे तीन लाख बढीको अबैध लत्ताकपडा नेपालगञ्जबाट बरामद
Next articleनेपाल-भारत सीमा नाकाबाट सरसफाई अभियान शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here