नेपालगञ्जका ४६ विपन्न व्यवसायीलाई ८० लाख लगानी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ ।

साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगञ्ज २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आज चेक हस्तान्तरण गर्नुभएको हो ।

“सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरुलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौं, वडा अध्यक्ष धोवीले भन्नुभयो–“खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको बर्ग, अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौं ।”

नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरु खुसी र उत्साहित भएको धोवीले बताउनुभयो ।

Previous articleनेपाल-भारत सीमा नाकाबाट सरसफाई अभियान शुरु
Next articleप्रजातन्त्र दिवसको अवसरमा बैजनाथको ‘कनवा ताल’ क्षेत्रमा सरसफाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here