
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको बैजनाथ गाउँपालिका वडा नं-३ को ‘कनवा ताल’ क्षेत्रमा सरसफाई गरिएको छ ।
वडा नं-३ को कार्यालयको आयोजनामा त्यहाँको सुतैयास्थित ‘कनवा ताल’ क्षेत्रमा आइतबार सरसफाई गरिएको हो । पछिल्लो समय तालको अवलोकन, फोटोसूट र टिकटकका लागि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।
सरसफाई कार्यक्रममा वडा नं-३ का वडा अध्यक्ष निखिल बैगार, वडा सदस्यहरु, स्थानीय स्वास्थ्य प्रतिनिधि, निकुञ्जका प्रतिनिधि, दिगो सामुदायिक बिकास मंचका पदाधिकारी, स्थानीय युवा क्लब, बुद्धिजीवी, शिक्षक र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
वडा कार्यालयले यस ताल क्षेत्रलाई पर्यटकीय हबका रुपमा बिकास गर्ने योजना अघि बढाएको जनाएको छ ।






