सवा करोड दीप प्रज्वलन

नेपालगञ्ज । श्री मदन बाबा भक्ति केन्द्रद्वारा आयोजित महाशिवरात्री विशेष कार्यक्रम अन्तर्गत महारुद्री अनुष्ठान तथा सवा करोड दीप प्रज्वलन एवम् भक्ति भजन संगीत सत्संग कार्यक्रम नेपालगञ्जको गोसाईगाउँमा सम्पन्न गरिएको छ ।

परम उद्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी सद्गुरुदेव श्री मदन बाबाको परम सानिध्यतामा फागुन ५ र ६ गते भव्यताका साथ कार्यक्रम गरिएको हो ।

सवा करोड दीप प्रज्वलनमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, प्रतिनीधी सभा सदस्य डा धवल शमशेर राणा, नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईसहित नागरिक अगुवा, समाजसेवी, भक्तजन लगायत सयौंको उपस्थिति थियो ।

यसैबीच श्री मदन बाबा भक्ति केन्द्र बाँकेको नयाँ जिल्ला समिति गठन गरिएको छ । कौशल कुमार मिश्राको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

मदन बाबाको परमसानिध्यता तथा भक्ति केन्द्रका केन्द्रीय अध्यक्ष शारदा तिवारी, उपाध्यक्ष अगानी चौधरी, महासचिव निशा रानाको उपस्थितिमा पदाधिकारी तथा सदस्य गरि १० जना चयन गरिएकोछ भने बाँकी पछि थप गरिनेछ । मदन बाबाले नयाँ समितिलाई आशिर्वाद कृपा प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

Previous articleकोहलपुरमा राती दश बजेपछि मदिरा विक्रि-वितरणमा रोक
Next articleबिद्यायलयका महिला अभिभावकद्धारा खजुराको शिक्षा शाखा घेराउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here