बिद्यायलयका महिला अभिभावकद्धारा खजुराको शिक्षा शाखा घेराउ

खजुरा । खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुर नेपाल रास्ट्रिय माध्यमिक बिधालय गोदाहनामा माघ १६ गते भएको बिधालय ब्यवस्थापन समितिको निर्वाचनमा निर्वाचित सदस्यहरुलाई शिक्षा नियमावलीले दिएको अधिकार शिक्षा शाखा प्रमुखले हनन गरेको भन्दै महिला अभिभावकहरुले शिक्षा शाखा घेराउ गरेका छन ।

शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल सत्तापक्षको संरक्षणमा निर्वाचित सदस्यहरुको अधिकार हनन गरि सत्तापक्षको निर्देशन अनुसार निर्वाचित सदस्यहरुले मनोनीत गरेको व्यक्तिहरुलाई प्रधानाध्यापक ज्योति प्रकाश पौडेलले न्युक्ती नदिएको कारण बिबाद बढदै गएको हो ।

१८ गते दिन निर्वाचित सदस्यहरुले शिक्षा प्रेमीहरु मध्यबाट असलम भाँट र गुल्बी धोबी गरि २ जनालाई मनोनीत गरेका हुन । मनोनीत गरिएका भाँटलाई ब्यवस्थापन समितिको अध्यक्ष बनाउने तयारी समितीको रहेको सदस्यहरु बताउँछन । तर भाँटलाई अध्यक्ष बन्न नदिन वडा नम्बर ७ का वडा अध्यक्ष गाउँपालिका प्रमुख र एमालेको बाँके जिल्ला अध्यक्ष सक्रिय रहेको र यिनै ब्यक्तिहरुको दबावमा शिक्षा प्रमुख मल्लले समितीको अधिकार हनन गरेको निर्वाचित सदस्यहरुले आरोप लगाएका छन ।

निर्वाचित सदस्यहरुले सर्वसहमतिले गरेको निर्णय कार्यान्वयन नभएको कारण अभिभावकहरु आक्रोशित भएर शिक्षा शाखा घेराउ गरेका हुन । समयमै पालिकाका जनप्रतिनिधि र कर्मचारी नसच्चिए चरण बद्व आन्दोलन गर्ने समितीले चेतावनी दिएको छ ।

Previous articleसवा करोड दीप प्रज्वलन
Next articleलुम्बिनीका कृषि तथा भूमिमन्त्री यादवद्वारा शपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here