लुम्बिनीका कृषि तथा भूमिमन्त्री यादवद्वारा शपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता यादव मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बाँकेका यादवलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाउनुभएको हो ।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएन । यादवको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।

नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

Previous articleबिद्यायलयका महिला अभिभावकद्धारा खजुराको शिक्षा शाखा घेराउ
Next articleगहुँ लगायतका बस्तु आयातमा प्रहरीले रोक लगाएपछि नरैनापुरका किसानहरु आक्रोशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here