खजुरामा कर्मचारीमाथि भएकाे दुर्व्यवहार घटनाप्रति कर्मचारी संगठनकाे ध्यानाकर्षण

नेपालगन्ज । सेवा क्षेत्रमा कार्यालयको कामकाजमा खटिएको अवस्थामै कर्मचारीमाथि भएको दुर्व्यवहार र आक्रमण प्रयासको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यही फागुन ७ गते दिउँसो १२:१५ बजेको समयमा खजुरा गाउँपालिका, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लमाथि भएको दुर्व्यवहार र आक्रमण प्रयासको घटनाप्रति कर्मचारी संगठन, बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

संगठनले साेमबार एक बिज्ञप्ति जारी गर्दै नेपाल सरकारको जिम्मेवारी र कर्तव्य पालनका सन्दर्भमा एउटा इमान्दार राष्ट्रसेवकमाथि भएको दुर्व्यवहार, गालीगलौज र आक्रमणको प्रयास अत्यन्त निन्दनीय र दुखद् हाे । नेपाल निजामती कर्मचारी संगठन, बाँके यस घटनाको घोर निन्दा गरिएको जनाएको छ ।

कुनैपनि विवाद, असहमति र असुविधा भए त्यसको कानूनी निरुपणको बाटो हुँदाहुँदै कानुनलाई हातमा लिने त्यस प्रकारको घटनामा संलग्न दोषीहरुको खोजि गरि अबिलम्ब कानुनि दायरामा ल्याउन र कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल निजामती कर्मचारी संगठन बाँके, जोडदार माग गर्दछ । अन्यथा राष्ट्र सेवक कर्मचारीहरुको पेशागत हकहित र सुरक्षाका लागि कर्मचारी संगठन कडारुपमा अघि बढ्न बाध्य हुने र त्यसबाट पर्न सक्ने असर, प्रभाव र क्षतिको जिम्मेवार स्वयं सरकार हुने बिज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चाैलागाईद्वारा जारी बिज्ञप्तिमार्फत आम राष्ट्रसेवक कर्मचारीहरुको कार्यस्थलको सुरक्षा र शान्तिपूर्ण वातावरणमा कामकाज गर्ने व्यवस्था मिलाउन समेत नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

Previous articleगहुँ लगायतका बस्तु आयातमा प्रहरीले रोक लगाएपछि नरैनापुरका किसानहरु आक्रोशित
Next articleनेपालगन्जबाट पाँच लाख बढीकाे लत्ताकपडा तथा माछा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here