
नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलि ल्याईएकाे करिब पाँच लाख बढीकाे अबैध सामानहरू नेपालगन्जका विभिन्न स्थानबाट बरामद गरेकाे छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार भन्सार छलेर ल्याईएकाे पाँच लाख बढीकाे लत्ताकपडा तथा माछा नेपालगन्जका विभिन्न स्थानबाट बरामद गरेकाे हाे ।
फागुन ५ गते साँझ ६ बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं-४ बसपार्कस्थित सडकखण्डमा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याईएकाे सामानहरू बसपार्क प्रहरी पाेष्टका ईन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेत नेतृत्वको प्रहरी टोलीले विभिन्न सामानहरू बरामद गरेकाे छ ।
प्रहरीले एक लाख तेईस हजार पाँच सय बराबरकाे कुर्ता सुरुवाल – ६७ थान, कुर्ता सुरुवाल (सुट) -१२ थान, धोती २० थान, बच्चाको टि-सर्ट र सुरुवाल ४५ सेट बरामद गरेकाे थियाे ।
यस्तै प्रहरी पाेष्ट बसपार्कबाट नै खटिएको टाेलीले फागुन ६ गते साँझ सात बजेकाे समयमा करिब तीन लाख सत्तरी हजार बराबरकाे कुर्ता सुरुवाल – ८९ थान, कुर्ता सुरुवाल (सुट) -५ थान, लेडिज वान पिस: ५६ थान, लेडिज कुर्ती: २८६ पिस, सल(चुन्नी): १३९ पिस, जेन्स कुर्ती: ९ पिस र लेडिज सुरुवाल: १५ पिस बरामद गरेकाे प्रहरीले जनाएको छ ।
भन्सार तथा क्वारेण्टाईन छलिको माछा बरामद
प्रहरीले भन्सार तथा क्वारेन्टाइन छलिकाे माछा बरामद गरेकाे छ । फागुन ७ गते साँझ ८ बजेको समयमा नेपालगंज वडा नं-१० गायत्री मन्दिर नजिकैबाट भन्सार तथा क्वारेन्टाईन छलि गरि ल्याईएकाे माछाहरु बरामद गरिएकाे हाे ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ (RIT) बाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको करिब एक्काईस हजार सात सय चौरासी रूपैया बराबर प्रयास जातको माछा नियन्त्रणमा लिएको हाे । बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय र माछापशु क्वारेण्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएकाे वडा प्रहरीले जनाएको छ ।





