
दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त हुनुभएको छ ।
नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उहाँ आज फागुन १५ मै रिहा भएका हुनुभएको हो ।
शाहलाई लिन उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै जानुभएको थियो ।
नाबालिग बलात्कारको उजुरी परेपनि जिल्ला अदालत नवलपुरले शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाउनुभएको हो ।
सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि शाहका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले शाहको पक्षमा नाराबाजीसमेत गरे ।





