
नेपालगन्ज । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार पहिलाे चरणमा ६९ र दाेश्राेमा ७० जना गरी उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।
साेही क्रममा बाँके ट्राफिक प्रहरी प्रमुख तथा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुखहरू पनि परिवर्तन भएका छन् । बाँके ट्राफिक प्रमुखमा केन्द्रीय अनुसन्धान व्युराे पिलर नं-२ आर्थिक अपराध अनुसन्धान शाखाबाट तिलक बहादुर सुनार र वडा प्रमुखमा ट्राफिक प्रहरी बृत कालीमाटी काठमाडौंमा कार्यरत ईन्द्रजित सुनारकाे सरूवा भएकाे छ ।
बाँके ट्राफिक प्रहरी प्रमुख हिमालय शाहकाे नेपाल प्रहरी अनाश्रित गुल्म नं-१ जगन्नाथदेवल काठमाडौ र वडा प्रहरी कार्यालयका प्रमुख रिपेन्द्र कुमार सिंहकाे जिल्ला प्रहरी परिसर ललितपुर सरूवा भएकाे छ ।





