ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

एजेन्सी । चीनले अमेरिकालाई ताइवानसँग हतियारको कारोबार बन्द गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको हो ।

अमेरिकी विदेश मन्त्रालयले अस्ति मात्रै ताइवानलाई नयाँ हतियार बिक्री गर्न अनुमति दिएको थियो । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत् ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता माओ निङले यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउने तथा चीन–अमेरिका सम्बन्धमा थप क्षति पुर्याउने बताउनुभएको छ । साथै उहाँले ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास थप तनावको कारण बन्न सक्ने चेतावनी पनि दिनुभएको छ ।

Previous article१९ वर्षमुनिको विश्वकप एसिया छनोटमा नेपालद्धारा यूएई पराजित
Next articleडुडुवामा आजदेखि प्रदेशस्तरीय जुडो हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here