डुडुवामा आजदेखि प्रदेशस्तरीय जुडो हुँदै

file photo

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा आजदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता हुँदैछ । डुडुवा गाउँपालिकाकाको समन्वयमा कम्दी जुडो डोजो क्लबको आयोजनामा दुई दिने प्रतियोगिता शहिद स्मारक माबिको प्रांगण कम्दीमा शुरु हुन लागेको हो ।

लुम्बिनी प्रदेशका चार जिल्लाको खेलाडीहरुको सहभागिता हुने गरि दुई दिने प्रदेशस्तरीय प्रतियोगिता संचालन हुने कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताउनुभयो ।

प्रतियोगिता महिला पुरुषतर्फ ६ ६ बिद्यामा प्रतिस्पर्धा हुनेछ । आज शुक्रबार र शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दांङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगञ्जका बिभिन्न स्थानमा रहेका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहनेछ ।

Previous articleताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह
Next articleविमानस्थल नागरिकमैत्री हुनुपर्छ : पर्यटन मन्त्री किराती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here